हालसम्मकै ठूलो क्रिप्टोकरेन्सी ह्याकमा संलग्न ह्याकरलाई झण्डै ६ करोड पुरस्कार


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
हालसम्मकै ठूलो क्रिप्टोकरेन्सी ह्याकमा संलग्न ह्याकरलाई झण्डै ६ करोड पुरस्कार

काठमाडौं । पोली नेटवर्कमा रहेको कमजोरी पत्ता लगाई क्रिप्टो चोरी गरेर पनि चोरीको पैसा फिर्ता गर्ने ह्याकरलाई कम्पनीले पाँच लाख अमेरिकी डलर अर्थात पाँच करोड ९४ लाख रुपैयाँ बग बाउन्टी दिने घोषणा गरेको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफ्नो कमजोरी पत्ता लगाएको ह्याकरलाई बग बाउन्टी दिने घोषणा गरेको हो ।

गत हप्ता मात्रै ती ह्याकरले पोली नेटवर्कको सिस्टमको कमजोरी पत्ता लगाएर ६१ करोड अमेरिकी डलर अर्थात ७२ अर्ब ४७ करोडभन्दा धेरै रकम चोरी गरेका थिए ।

तर आफ्नो मनाशय कम्पनीको कमजोरी पत्ता लगाउनु मात्र भएको भन्दै ह्याकरले शुक्रबारसम्म पोली नेटवर्कको ३४ करोड अमेरिकी डलर अर्थात ४० अर्ब ३९ करोड फिर्ता गरिसकेका छन् ।...

Read More