गत फाल्गुन देखि आईपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसले आईपीओ रिजल्ट हेर्नकै लागि बनाएको नयाँ वेबसाइटबाट मात्र हेर्न व्यवस्था गरेको छ । त्यस पश्चात लगानीकर्ताले हरेक पटक नतिजा हेर्नलाई ठुलै संघर्ष गर्नु परि रहेको छ | आज शनीबार सानीमा लाईफ इन्स्योरेन्सले पनि अन्य कम्पनीले जस्तै लागनीकर्तालाई दुख दिने कार्य जारी नै राखेको छ ।
सानीमा लाइफको आइपिओ रिजल्ट हेर्ने साईट www.results.sanimalife.com खोल्दा Asian Institute of Management & Training PVT. LTD को वेवसाइट खोली लगानीकर्ताको छिटो नतिजा हर्ने चाहनालाई उपहास गरेको छ ।
यो समारचार तयार पार्दा सम्म बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइटबाहेक अरु कुनै पनि वेवसाइटमा आईपिओ रिजल्ट हेर्न व्यवस्था छैन ।







