सानिमा लाइफको आईपीओ बाँडफाँड, ५ लाख ४० हजारले १० कित्ता पाए


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा लाइफको आईपीओ बाँडफाँड, ५ लाख ४० हजारले १० कित्ता पाए

सानिमा लाइफ इन्स्योरेन्सलको आइपीओ बाँडफाँड भएको छ ।   कुल २४ लाख १९ हजार १ सय २७ जनाले आवेदन दिएकोमा ५ हजार ४३४ आवेदकको आवेदन रद्द भएको छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलका अनुसार ५ लाख ४० हजारले १० कित्ताका दरले आईपीओ पाएका छन् । रितपूर्वक आवेदन दिएका २३ लाख ८ हजार १२२ जनामध्येबाट ५ लाख ४० हजारले १० कित्ता सेयर पाएका हुन् । आवेदक मध्य १७ लाख ६८ हजार १२२ जनाको हात खाली भएको छ । कम्पनीले श्रावण २० गतेबाट ६० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो । निष्काशन गरिएको ६० लाख कित्तामध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिएका थिए । यो आईपीओमा हालसम्मकै सर्वाधिक आवेदन परेको थियो।

तपाईलाई कति कित्ता पर्यो रिजल्ट हेर्नको लागि यहाँ Click गर्नुहोस्

Read More
  • MBL - below news