आइ.सि.एफ.सि. फाइनान्सको २० औं शाखा विस्तार भएको छ । फाइनान्सले आफ्नो सेवा विस्तार गर्दै लाने क्रममा रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं.१, ड्राइभरटोलमा आफ्नो २०औं शाखा सञ्चालनमा ल्याएको हो ।
फाइनान्सको ड्राइभरटोल शाखाको समुद्घाटन फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले गर्नुभएको थियो ।
आइ.सि.एफ.सि.फाइनान्सले मोबाइल बैंकिङ , इन्टरनेन्ट बैकिङ, लकर सेवा, ATM सेवा, सी–आस्वा सेवा, Demat/Mero Share सेवा, रेमिटेन्स सेवा, विभिन्न प्रकारका निक्षेप, कर्जा सुविधा तथा अन्य सम्पूर्ण अत्याधुनिक Digital बैंकिङ सुविधाको साथमा विगत १७ बर्ष देखि आफ्नो ग्राहकलाई बैंकिङ सुविधा प्रदान गरिरहेको छ ।






