मानुषी लघुवित्तको आइपीओमा यसरी पर्यो आवेदन


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मानुषी लघुवित्तको आइपीओमा यसरी पर्यो आवेदन

काठमाडौं  : मानुषी लघुवित्तको आइपीओमा दोस्रो दिनसम्म पनि आवेदन दिनेहरुको ओइरो लाग्ने क्रम जारी छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार बिहीबार ५ बजेसम्म १३ लाख २७ हजार ६६२ जना आवेदकले १ करोड ७३ लाख ६८ हजार ९०० कित्ताका लागि आवेदन दिएका छन् । यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ४७.१२ गुणा धेरै हो । 
 

मानुषीले साउन २७ गतेदेखि ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजीको ३६% अर्थात ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ खुला गरेको हो । जसमध्ये ०.५% अर्थात ५ हजार ४६९ कित्ता कर्मचारी र ५% अर्थात १९ हजार ६८८ कित्ता म्युचुअल फन्डलाई छुट्याइएको छ ।

Read More