‘महालक्ष्मी बाल बचत बीमा योजना’ सार्वजनिक


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
‘महालक्ष्मी बाल बचत बीमा योजना’ सार्वजनिक

काठमाडौं । प्रत्येक आमाबावुले आफ्नो बच्चाको उज्वल भविश्यको लागि आजको बचतबाट भविश्यको सपना साकार पार्ने इच्छा राखेको हुन्छ । यही मान्यतालाई मध्यनजर गर्दै महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले हिजो एक समारोहका विच ‘महालक्ष्मी बाल बचत बीमा योजना’ सार्वजनिक गरेको छ । 

बीमा कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले यो बीमा योजना विक्रि वितरणको लागि सुभारम्भ गरेका हुन् । यस बीमा योजनामा बचत, बचतमा प्रतिफल र बच्चाको जोखिम बहनको सुविधा समेत रहेको छ । बच्चा जन्मेको १ महिना देखि बच्चा १८ वर्ष नपुगुञ्जेल यस बीमा योजना लिन सकिन्छ भने बीमा अवधिको छनोट बच्चा १८ वर्ष पुगे पछि ३५ वर्ष नपुग्दा सम्मको अवधि राखि ५ देखि २५ वर्षका लागि गर्न सकिन्छ । साथै बच्चा बालिग भै सके पछि बीमालेखको अख्तियार पुर्ण रुपमा हस्तान्तरण हुनेछ । 

Read More
  • MBL - below news