एनआईबिएलका म्युचुअल फण्डका लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एनआईबिएलका म्युचुअल फण्डका लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एनआईबिएल प्रगति फण्डको लाभांश सुरक्षित गर्ने आज साउन २८ गते अन्तिम दिन रहेको छ । योजना ब्यबस्थापक एनआईबिएल एस क्यापिटलले एनआईबिएल प्रगति फण्डको लाभांश बितरणको लागि साउन २९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले साउन २८ गतेसम्म कायम इकाईधनीले मात्र लाभांश पाउँन सक्ने छन् ।

एनआईबिएल प्रगति फण्डले ५० प्रतिशतले हुन आउने ३७ करोड ५० लाख बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ ।

त्यस्तै एनआईबिएल समृद्धि फण्ड १ ले पनि साउन २९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज साउन २८ गतेसम्म कायम इकाईधनीले मात्र लाभांश पाउँन सक्ने छन् । एनआईबिएल समृद्धि फण्ड १ ले ३५ प्रतिशतले हुन् आउने ३५ करोड बराबरको नगद लाभांश  वितरण गर्ने घोषणा गरिसकेको छ ।

Read More