मानुषी लघुवित्तको आइपीओमा पहिलो दिनमै पर्यो २१.४३ गुणा बढी आवेदन


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मानुषी लघुवित्तको आइपीओमा पहिलो दिनमै पर्यो २१.४३ गुणा बढी आवेदन

काठमाडौं : मानुषी लघुवित्तको आइपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । सीडीएसका अनुसार पहिलो दिन बुधबार ५ बजेसम्म ५ लाख ८१ हजार ६३३ जना आवेदकले ७९ लाख २ हजार ५१० कित्ताका लागि आवेदन दिएका छन् । यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा २१.४३ गुणा धेरै हो । 
 

मानुषीले आज बुधबार (साउन २७ गते) देखि ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजीको ३६% अर्थात ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ खुला गरेको हो । जसमध्ये ०.५% अर्थात ५ हजार ४६९ कित्ता कर्मचारी र ५% अर्थात १९ हजार ६८८ कित्ता म्युचुअल फन्डलाई छुट्याइएको छ ।
 

Read More