काठमाडौं : मानुषी लघुवित्तले बुधबार साउन २७ गतेदेखि आइपीओ बिक्री खुला गर्दैछ । कम्पनीले जारी पुँजीको ३६% अर्थात ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । मानुषीले प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । जसमध्ये ०.५% अर्थात ५ हजार ४६९ कित्ता कर्मचारी र ५% अर्थात १९ हजार ६८८ कित्ता म्युचुअल फन्डलाई छुट्याएको छ ।
बाँकी ३ लाख ६८ हजार ५९३ कित्ताको लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । यस आइपीओमा साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै आइपीओ बिक्री नभएमा भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गरेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।



