राष्ट्रिय वाणिज्य बैंकद्धारा क्रेडिट कार्ड सेवाको शुभारम्भ


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
राष्ट्रिय वाणिज्य बैंकद्धारा क्रेडिट कार्ड सेवाको शुभारम्भ

काठमाडौँ/ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ग्राहकवर्गको बदलिदो चाहनालाई सम्बोधन गर्न एवं नगद कारोबारमा रहेको जोखिमलाई न्यूनिकरण गर्न मंगलबार क्रेडिट कार्ड(ऋचभमष्त ऋबचम) सेवाको शुभारम्भ गरेको छ । 

बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दिपककुमार श्रेष्ठलाई एक कार्यक्रमका बीच क्रेडिट कार्ड हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गरेको हुन्् । 

समारोहमा बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीले ग्राहकको चाहना अनुसार नयाँ–नयाँ बैंकिङ्ग प्रोडक्टको अनुसन्धान गर्नुपर्ने बताउंदै यस्तो सेवाले ग्राहकवर्गको आर्थिक कारोबारमा सहजता हुने बैंकले विश्वास लिएको बताए । 

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले क्रेडिट कार्डको शुभारम्भ पछि पूर्ण डिजिटल बैंकिङ्ग तर्फ बैंक अगाडि बढिरहेकोे बताउदै नेपाल, भारत र भुटानमा चल्ने यो सेवा  बैंकका सबै शाखा कार्यालयबाट माग गर्न सकिने बताए । एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दिपककुमार श्रेष्ठले रा.वा.बैंकको पहिलो क्रेडिट कार्ड ग्राहक हुन पाउंदा खुसी लागेको बताउंदै बैंकको व्यवसाय विस्तारको लागि शुभकामना व्यक्त गरे । 

Read More
  • MBL