पछिल्लो २४ घण्टामा क्रिप्टोकरेन्सीको मूल्यमा अत्याधिक वृद्धि देखिएको छ । बिटक्वइनको मूल्य ५ प्रतिशत वृद्धिका साथ ४६ हजार डलरको नजिक पुगेको छ । यसका साथै अन्य क्रिप्टोकरेन्सीको मूल्यमा समेत १० प्रतिशतसम्म बढेको छ ।
पछिल्लो २४ घण्टामा यी करेन्सीको मूल्यमा वृद्धि देखिएको छ । बिटक्वइन ४५ हजार ६ सय ४८ डलरमा कारोबार गर्दैछ भने इथरियम ५.३० प्रतिशत वृद्धिका साथ ३ हजार १ सय ६ डलरमा कारोबार गरिरहेको छ । डगक्वइनमा ३.५३ प्रतिशतको वृद्धि छ । यस्तै, पोलकाडाट ५.१३ प्रतिशतको वृद्धिका साथ २०.३२ डलरमा कारोबार गरिरहेको छ । यूनिस्वेपको मूल्यमा ९.५३ प्रतिशतको वृद्धिका साथ २८.६९ डलरमा कायम छ ।





