काठमाडौं । नेपाल टेलिकमले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा ल्याउन लागेको मोबाइल मनी ‘नमस्ते पे’ को प्रारम्भिक परीक्षण गत वैशाख १९ मै सुरु भएको हो । तर ‘प्रारम्भिक परीक्षण’मा आएको भनिएको उक्त सेवा तीन महिना बितिसक्दा समेत व्यवसायिक सुरुवातको टुङ्गो छैन ।
चौथो राष्ट्रिय सूचना तथा प्रविधि दिवसका दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आयोजना गरेको भर्चुअल कार्यक्रममार्फत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नमस्ते पेको ‘परीक्षण सुरुवात’ सुरु भएको घोषणा गरेका थिए । इन्टरनेट नभएको अवस्थामा पनि डिजिटल भुक्तानी गर्नसकिने गरी नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानी रहेको नेपाल डिजिटल पेमेन्ट कम्पनी (एनडीपीसी) ले ‘नमस्ते पे’ ल्याउने चर्चा सुरु भएको निकै लामो समय भइसकेको छ ।





