अनलाइनबाट यसरी गर्नुहोस् अन्त:शुल्क इजाजतपत्र नवीकरण


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अनलाइनबाट यसरी गर्नुहोस् अन्त:शुल्क इजाजतपत्र नवीकरण

काठमाडौं । आन्तरिक राजश्व विभागले अनलाइन माध्यमबाट नै अन्त:शुल्क इजाजतपत्र नवीकरण गर्न मिल्ने प्रणालीको व्यवस्थापन गरेको छ ।

यदि तपाईंको पनि अन्त:शुल्क इजाजतपत्र नवीकरण भएको छैन भने उल्लेखित विवरणअनुसार अनलाइनबाट नै आफ्नो इजाजतपत्र नवीकरण गर्न सक्नुहुन्छ: 

- विभागको वेबसाइटमा जानुहोस् ।

- त्यहाँ भएको Tax Payer Portal मा लगइन गर्नुहोस् ।

- ‘Excise’ मेनुभित्र रहेको Self Renew Permit मा क्लिक गर्नुहोस् ।

- त्यहाँ गएर e-permit renew मा क्लिक गर्नुहोस् र करदाताको प्यान र पर्मिट नम्बर राखेर रजिष्टरमा क्लिक गर्नुहोस् । यसपछि तपाईंले तिर्नुपर्ने करको रकम स्क्रिनमा देखापर्छ । 

- त्यसपछि रकम भुक्तानीको लागि बैंक छनौट गर्नुहाेस र सब्मिट गर्नुहोस् ।

यसपछि त्यहाँ प्राप्त बैंक भौचरमा आवश्यक विवरण भरेर करदाताले कनेक्ट आईपीएसमार्फत उक्त दस्तुर दाखिला गर्नसक्नु हुनेछ । यदि बैंकमा गई नगद दाखिला गर्ने हो भने सो भौचरको कारोबार संकेत नम्बर टिपेर बैंकमा गएर सो कारोबार संकेत पेश गरी दस्तुर दाखिला गर्न सकिन्छ । 

Read More