काठमाडौं । नबिल बैंक लिमिटेडको ३० लाख इकाई ऋणपत्रमा आवेदन दिने आज आइतबार अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म कम्पनीको सो सेयर भर्न पाइने भएको हो । गत बुधबारबारसम्म आवेदन दिने म्याद तोकिएकोमा ऋणपत्र खरिदका लागि पर्याप्त आवेदन नपरेपछि साउन २४ गतेसम्म म्याद लम्ब्याइएको थियो ।
बैंकले साउन १० गतेदेखि ७ वर्ष अवधिको ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ निष्कासन तथा बिक्री खुला गरेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई ऋणपत्र निष्कासन गरेको हो । जसमध्ये सर्वसाधारणले १२ लाख इकाईमा आवेदन दिने सक्नेछन् भने बाँकी १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ ।




