साउन २२, काठमाडौं । गत आवको चौथो त्रैमासमा आदर्श लघुवित्त वित्तीय संस्थाले रू. १० लाख ५ हजार नाफा कमाएको छ ।
कम्पनीले अघिल्लो आवको चौथो त्रैमासमा रू. १० लाख १७ हजार नाफा कमाएको हो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको नाफा १ दशमलव १७ प्रतिशतले घटेको हो ।
चुक्तापूँजी रू. १ करोड ४० रहेको छ उक्त कम्पनीले जगेडामा रू. ६३ लाख ८६ हजार सञ्चित गरेको छ । गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले रू. ९ करोड ८८ लाख ३३ हजार सापटि लिएर, रू.११ करोड ९० लाख २३ हजार निक्षेप संकलन गरेर रू. २३ करोड १४ लाख ३५ हजार कर्जा लगानी गरेको छ ।




