डिजिटल माध्यमबाट भुक्तानी गरे भ्याटको १० प्रतिशत फिर्ता पाइने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
डिजिटल माध्यमबाट भुक्तानी गरे भ्याटको १० प्रतिशत फिर्ता पाइने

काठमाडौं । उपभोक्ताले विद्युतीय माध्यमबाट भुक्तानी गर्दा मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम फिर्ता पाउने व्यवस्था कार्यान्वयनमा आउने भएको छ । आम उपभोक्तालाई वस्तु तथा सेवा खरिदमा डेबिट/क्रेडिट कार्ड, क्यूआर कोड, स्क्यान टु पे लगायतका विद्युतीय माध्यमबाट भुक्तानी गर्दा तिरेको मूल्य अभिवृद्धि करको दश प्रतिशतले हुने रकम तत्काल फिर्ता दिने व्यवस्था कार्यान्वयनमा ल्याउन भन्दै आन्तरिक राजस्व विभागले सूचना प्रकाशित गरेको हो ।

विद्युतीय भुक्तानी प्रवर्द्धनका लागि अघि सारिएको यो अभियानमा सहभागिता जनाउन आम व्यवसायी, उपभोक्ता तथा सरोकारवाला व्यक्ति तथा निकायहरूलाई सरकारले अनुरोध समेत गरेको छ । मूल्य अभिवृद्धि करमा दर्ता भएर आन्तरिक राजस्व  विभागबाट स्वीकृत विद्युतीय बीजक जारी गर्ने करदाता यो प्रणालीमा आवद्ध हुन सक्नेछन् ।

Read More