शुक्रबार र शनिवार नेपाल स्टक एक्सनेप्सेको वेबसाइटको सेवा पूर्ण रुपमा बन्द हुने भएको छ । नेप्सेको पुरानो वेबसाइट http://www.nepalstock.com/ तथा नयाँ वेबसाइट https://www.nepalstock.com.np/ २२ गते शुक्रबार र २३ गते शनिवार बन्द हुने नेप्सेले जनाएको हो ।
नेप्सेले शुक्रबार र शनिवार मेन्टेनेन्स तथा अपग्रेडको कार्य गर्न लागेको हो । नेप्सेले आफ्नो पुरानो वेबसाइटलाई पूर्ण रुपमा विस्थापन गर्ने तयारी गरेको छ । सो को लागि हाल पुरानो वेबसाइटमा भएका डाटाहरु नयाँमा माइग्रेट गर्न लागिएको हो ।
नेप्सेले डाटा माइग्रेसन कार्य अहिले पनि गरिरहेको छ । सोहि कारण दुवै वेबसाइटमा डाटा डिस्प्लेमा विभिन्न समस्या देखिएका छन् । नेप्सेले केहि समय अगाडी नयाँ वेबसाइटको सफ्ट लन्च गरेको थियो ।




