भर्खरै आईपीओ ल्याएको जीवन विकासले यसरी गर्याे प्रगति : नाफासँगै अधिकांश सूचकमा चमक


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भर्खरै आईपीओ ल्याएको जीवन विकासले यसरी गर्याे प्रगति : नाफासँगै अधिकांश सूचकमा चमक

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चाैथाे त्रैमाससम्म संस्थाले राम्राे प्रगति गरेकाे देखिएकाे छ ।

गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले ६८ करोड ९५ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा १०१.९७ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ३४ करोड १४ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले एक अर्ब ४१ करोड ६७ लाख ११ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ४९.२९ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ९४ करोड ८९ लाख ७९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

Read More
  • MBL - below news