एनआईबीएल एस क्यापिटलमा डिम्याट खोल्दा सहभागिता फण्डको १०० इकाई उपहार


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एनआईबीएल एस क्यापिटलमा डिम्याट खोल्दा सहभागिता फण्डको १०० इकाई उपहार

नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल NIBL ACE Capital  ले आफ्ना ग्राहकवर्गहरुको लागि विशेष योजना ल्याएको छ । उक्त योजना अनुसार एनआईबीएल एस क्यापिटलमा डिम्याट निशुल्क खोलिने र खाता खोल्ने मध्ये १० जनालाई एनआईबीएल सहभागिता फण्डको १०० इकाई उपहार दिइने क्यापिटलले जनाएको छ  ।

डिम्याट खोल्नेहरुलाई गोलाप्रथाद्वारा मासिकरुपमा १० जना भाग्यशाली विजेताहरुलाई, नेपालकै पहिलो खुलामुखी योजना, एनआईबीएल सहभागिता फण्डको १०० इकाई उपहार दिइने क्यापिटलले जनाएको हो । यो योजना २०७८ साल श्रावण २० गते देखि २०७८ साल कार्तिक २० सम्मको लागि लागु हुने छ ।

Read More