भारतमा लेनदेनको तरीका चाँडै परिवर्तन हुने भएको छ। भारतिय रुपियाँको विकल्प आउँदैछ। त्यो पनि रुपियाँ नै हुनेछ र रिजर्भ बैंकद्वारा नै जारी गरिनेछ, तर यो छापिएको नोटभन्दा एकदम फरक हुनेछ। रिजर्भ बैंक मात्र हैन विश्वभरका केन्द्रीय बैंकहरु बिटक्वाइन, ईथर जस्ता निजी क्रिप्टोकरन्सीको विकल्पको रूपमा डिजिटल मुद्रामा काम गरिरहेका छन्।
गत हप्ता आरबीआईका डेपुटी गभर्नर टी रवि शंकरले विध सेन्टर फर लिगल पोलिसीको वेबिनारमा भनेका थिए कि भारतलाई पनि डिजिटल मुद्राको आवश्यकता छ। यसले बिटक्वाइन जस्ता निजी भर्चुअल मुद्रा अर्थात क्रिप्टोकरेन्सीमा लगानीका कारण हुने नोक्सानीबाट बचाउनेछ। सोही समयमा, उनले यो पनि भने कि रिजर्भ बैंक यसमा काम गरिरहेको छ।
यो डिजिटल मुद्रा नोटभन्दा कसरी फरक हुनेछ? के म बिटक्वाइन जस्तै लगानी गर्न सकिन्छ? बैंकहरुको भुमिका के हुनेछ? हामीले गरिरहेको डिजिटल पेमेन्टभन्दा यो डिजिटल मुद्रा कसरी फरक हुनेछ?
सेन्ट्रल बैंक डिजिटल करेन्सी अर्थात सीबीडिसी के हो?
यो नगद को एक विद्युतीय रूप हो। जसरी हामी नगद लेनदेन गर्छौँ, डिजिटल मुद्रा पनि लेनदेन गर्न सकिनेछ। सीबीडिसी केहि हदसम्म क्रिप्टोकरेन्सी (बिटक्वाइन अथवा इथर) जस्तै काम गर्दछ। यसमा लेनदेन, कुनै मध्यस्थ वा बैंक बिना गरिन्छ। रिजर्भ बैंकबाट डिजिटल मुद्रा प्राप्त सकिनेछ र यो जसलाई भुक्तानी वा ट्रान्सफर गरिन्छ, सम्बन्धित व्यक्तिकोमा पुग्नेछ। न त कुनै वालेटमा जानेछ न बैंक खातामा। एकदम नगद जस्तै काम गर्दछ, तर डिजिटल हुनेछ।





