साउन १९, काठमाडौं । मंगलवार कारोबार खुलेको एक घण्टा अवधिमा यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमा उच्च खरीद माग रहेको छ ।
कम्पनीको शेयरमा सबैभन्दा बढी १० लाख १५ हजार ९३८ कित्ता शेयर खरीद माग रहेको हो । यो समचार तयार पर्दासम्म कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ५ दशमलव ३७ प्रतिशतले वृद्धि भएको छ ।
शेयरमूल्य प्रतिकित्ता रू. ३८९ दशमलव ३० पुगेको हो । कम्पनीको २ करोड १५ लाख कित्ता आईपीओ आइतवार नेप्सेमा सूचीकत भएको थियो । कम्पनीले पहिलो कारोबारको लागि रू. ११५ दशमलव १३ देखि ३४५ दशमलव ३९ ओपन रेञ्ज पाएको थियो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएकाले उक्त रेञ्ज पाएको हो ।






