काठमाडौँ /महालक्ष्मीविकास बैंक लिमिटेडले मोफसलमा रहेका आफ्ना ग्राहकहरुलाई सुलभ तथागुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले बैंकको भैरहवा शाखाको अगुवाईमा सिद्धार्थनगर सिटीहस्पिटल प्रा. लि.स १८ गते सम्झौता गरेको छ
।उक्त सम्झौताअनुसार बैंककाग्राहकहरुले सिद्धार्थनगर सिटी हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा शुल्कहरुमा छुट पाउनेछन् ।सम्झौता अनुसार बैंकका डेबिट कार्ड र मोवाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले ओपिडि टिकट, ल्याव सेवा, एक्स–रे तथा भिडियो एक्स–रे सेवा र इसिजितथाइको सेवामा अधिकतम १०%छुट प्राप्त गर्नुका साथै बेड चार्जमा ५% कोआकर्षक छुट प्राप्तगर्न सक्नेछन् ।






