काठमाडौँ / सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त जन उत्थान सामुदायिक लघुबित्त बित्तीय संस्था लिमिटेडसँगको साझेदारीमा स्व.रूपा परियारको परिवारलाई बीमा दावी भुक्तानी गरेको छ ।
कम्पनीले म्यादी जीवन बीमा बापत बीमावापत उनको श्रीमन रव परियारलाई ४ लाख ८४ हजार ६४९ रुपैयाँ बीमा वापतको चेक हस्तान्तरण गरेको हो ।
जन उत्थान सामुदायिक लघुवित्त बित्तीय संस्थाको सदस्य रहेकी ३३ बर्षीय रुपा परियारको गत फाल्गुन ८ गतेको दिन नल्का चलाउने क्रम खसेर निधन भएको थियो । बीमा वापत उनले ६ लाख ४३ हजार रकम पाउनु पर्ने भए पनि उक्त संस्थापबाट लिएको ऋण कट्टा गरी बीमा दावी भुक्तानी गरिएको कम्पनीले जनाएको छ । उनले २ वटा सामान्य र एउटा मौसमी गरी ३ वटा ऋण उपभोग गरेकी थिइन ।








