मध्यबिन्दु नगरपालिकाको राजस्व भुक्तानी अब अनलाइनबाट


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मध्यबिन्दु नगरपालिकाको राजस्व भुक्तानी अब अनलाइनबाट

नवलपुरको मध्यबिन्दु नगरपालिकाले अनलाइनमार्फत् राजस्व भुक्तानी सुरू गरेको छ।

मध्यबिन्दु–१५ का देशबहादुर गुरुङको सम्पत्ति कर भुक्तानी गर्दै नगरपालिकाले अनलाइन राजस्व भुक्तानी सुरू गरेको हो। 

मध्यबिन्दु नगरपालिका प्रमुख चन्द्रबहादुर रानाले अब नगरबासीले सम्पत्ति तथा भूमी, व्यवसाय र घरबाहल कर भुक्तानीको लागि नगरपालिका वा सम्बन्धित वडा कार्यालय पुग्नुनपर्ने बताए।

विद्युतीय भुक्तानी सुरू भएपछि नगरपालिकाका स्थानीय करदाताहरूले घरमा नै बसेर अनलाइनमार्फत् राजस्व भुक्तानी गर्न सक्ने नगरप्रमुख रानाले बताए।

Read More