काठमाडौं : युनियन लाइफ इन्सुरेन्सको सेयर कारोबार सोमबारदेखि खुला भएको छ । सोमबार प्रिओपनिङ सेसनमा यस इन्सुरेन्सको पहिलो कारोबार प्रतिकित्ता ३४० रुपैयाँमा भएको छ । नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम ११५ रुपैयाँ १३ पैसादेखि ३४५ रुपैयाँ ३९ पैसासम्म रेन्ज तोकेको थियो । सोही रेन्जको उच्चतम विन्दु नजिक रहेर सोमबार यसको कारोबार सुरु भएको छ । युनियनको सेयर कारोबार ‘युएलआई’ संकेतबाट सुरु भएको छ ।






