ज्योति विकास बैंकको 'ज्योति स्मार्ट सेभिङ्ग्स' बचत खाता


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ज्योति विकास बैंकको 'ज्योति स्मार्ट सेभिङ्ग्स' बचत खाता

ज्योति विकास बैंकले सेयर बजारमा लगानी गर्न ईच्छुक नयाँ लगानी कर्ताहरुलाई लक्षित गर्दै शुन्य मौज्दातमा बचत, डिम्याट खाता र मेरो सेयरलगायत तीनवटै सुविधा भएको ज्योति स्मार्ट सेभिङ्ग्स बचत योजना सार्वजनिक गरेको छ। बचतसँगै डिम्याट खाता र मेरो सेयर सुविधा लिई लगानी गर्न सहज गराउने उद्देश्यले ज्योति स्मार्ट सेभिङ्ग्स खाता सञ्चालनमा ल्याइएको बैंकले जानकारी दिएको छ। 

यस बचत खातामा ग्राहकहरुले शुन्य मौज्दात निःशुल्क डिम्याट खाता र पहिलो वर्षको सेवा शुल्क, निःशुल्क मेरो सेयर र जिस्ट्रेशन शुल्क, निःशुल्क सि-आस्वा, निःशुल्क मोबाईल बैंकिङ सेवा, निःशुल्क इन्टरनेट बैंकिङ सेवा, निःशुल्क डेबिट कार्ड आदी सुविधा पाउनेछन्।

यसका साथै बचत खातामा महिला निक्षेप कर्ताहरुको लागि ज्योति लकर सुविधाको वार्षिक सेवा शुल्कमा ५० प्रतिशत छुट र धितो रकममा ३० प्रतिशत छुट सुविधाहरु पनि भएको बैंकले जानकारी दिएको छ।

Read More