काठमाडौं । नेपाल राष्ट्र बैंकले इन्फिनिटी लघुवित्त र नेपाल एग्रो लघुवित्तबीचको एक्विजिसनलाई अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकले शुक्रबार दुई संस्थाबीचको हसमतिलाई अन्तिम स्वीकृति दिएको हो ।
इन्फिनिटीले नेपाल एग्रोलाई आफूमा गाभ्नेगरी यसअघि सहमति भएको थियो । उक्त सहमति अनुसार नेपाल एग्रोको १०० शेयरलाई इन्फिनिटीको ९८ कित्ता हुनेगरी स्वाप रेसियो निर्धारण गरिएको छ ।








