साउन १७, काठमाडौं । यूनियन लाईफ इन्स्योरेन्स कम्पनीको आईपीओ आइतवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।
उक्त कम्पनीको २ करोड १५ लाख कित्ता आईपीओ सूचीकत भएको हो । अव कम्पनीको शेयर सोमवारदेखि कारोबारमा आउनेछ । यूएलआई स्टककोडबाट कम्पनीको शेयर सूचीकृत भएको हो ।
कम्पनीले पहिलो कारोबारको लागि रू. ११५ दशमलव १३ देखि ३४५ दशमलव ३९ ओपन रेञ्ज पाएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिशेयर नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएकाले उक्त रेञ्ज पाएको हो । नेपाल स्टक एक्सचेञ्ज र कम्पनी बीच आइतवार शेयर सूचिकरण सम्झौता भएसँगै सोमवारदेखि कम्पनीको कारोबार शुरु हुनेछ ।






