किसानहरुलाई कृषि कर्जा प्रदान गर्न नबिल बैंकले गर्यो डीभी एक्सिलससँग सहकार्य


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
किसानहरुलाई कृषि कर्जा प्रदान गर्न नबिल बैंकले गर्यो डीभी एक्सिलससँग सहकार्य

काठमाडौं । किसानहरुलाई कृषि कर्जा प्रदान गर्न नबिल बैंकले डी.भी. एक्सिलस (Kheti App​)सँग सहकार्य गरेको छ । उक्त सहकार्य पश्चात बैंकले खेती फार्म प्लेटफर्ममा दर्ता भएका किसानहरुको लागि कृषि साधन, रसायन, मेशीनरी तथा अन्य आवश्यकताहरुलाई खरीद गर्नको लागी सहज वित्तीय पहु‘च प्रदान गर्ने छ । 

यस रणनीतिक साझेदारी अन्तर्गत किसानहरुलाई गुणात्मक बीउ र मल सुनिश्चित गर्न तथा सहज वित्तीय पहु‘च प्रदान गर्न नबिल बैंक एक प्रमुख बैंकको रुपमा अगाडी बढेको बैंकले जनाएको छ । यसैगरी, किसानहरूले डी.भी. एक्सिलसबाट प्राविधिक सहयोग र बजारको सुनिश्चितताबाट लाभ लिन सक्ने पनि बैंकले जनाएको छ ।

Read More