काठमाडौं : बैंकिङ कारोबारमा आम ग्राहकले चेकलाई भन्दा डिजिटल उपकरणमार्फत गरिने भुक्तानीलाई रुचाउन थालेका छन्।
विश्व डिजिटलाइज्ड भएसँगै मुलुकको बैंकिङ कारोबारमा क्रमशः चेक विस्थापित हुन थालेको छ। तर, अहिले यस्तो कारोबार डिजिटलमा परिणत हुनेक्रम बढेको छ। कोभिडको पहिलो चरणको महामारी फैलिएसँगै एनसीएचएलको कारोबार बाहेक क्यूआर कोड, मोबाईल बैंकिङ, वालेट लगायतको डिजिटल प्रविधिमार्फत हुने कारोबार फस्टाउँदै गएको छ।
नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०७७/७८ मा सर्वसाधारणले कुल ४ करोड ४७ लाखभन्दा बढी पटक भुक्तानी कारोबार फछ्र्योट गरेका छन्। यो आव २०७६/७७ को तुलनामा ११७ प्रतिशतले बढी हो।
सो आवमा यस्तो कारोबार २ करोड ६ लाख २४ हजार पटक भएको थियो। कुल कारोबारको आकारमा बढी हिस्सा चेकमा भन्दा एनसीएचएल र कनेक्ट आईपीएस जस्ता प्रणालीमार्फत भएका छन्।




