नेपाल राष्ट्र बैंकले इन्फीनिटी लघुवित्त र नेपाल एग्रो लघुवित्तबीचको मर्जर एक्विजिसनलाई अन्तिम स्वीकृति दिएको छ । नेपाल राष्ट्र बैंकले साउन १५ गते यी २ संस्थालाई अन्तिम स्वीकृति प्रदान गरेको हो ।
इन्फीनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई गाभ्ने प्रस्तावलाई राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको हो । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको १०० (एक सय) कित्ता शेयरलाई इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको ९८ (अन्ठानब्बे) कित्ता शेयर (१ः०.९८) दिने गरी शेयर मूल्य अनुपात स्वाप रेसियो कायम हुने छ ।







