एनसीएचएलबाट नगद रहित भुक्तानी कारोबारको रकम कुल ग्राहस्थ उत्पादनको तीन गुणा बढी


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनसीएचएलबाट नगद रहित भुक्तानी कारोबारको रकम कुल ग्राहस्थ उत्पादनको तीन गुणा बढी

एनसीएचएलका विभिन्न प्रणालीहरू मार्फत आ. व. २०७७÷७८ मा फर्छ्यौट गरिएको नगद रहित भुक्तानी कारोबार नेपालको कुल ग्राहस्थ उत्पादन भन्दा तीन गुणाले बढी रहेको छ । 

एनसीएचएलले एनसीएचएल ईसीसी, एनसीएचएल आईपीएस, कनेक्ट आईपीएस लगायत विभिन्न भुक्तानी प्रणालीका साथै बैंक वित्तीय संस्था, सदस्य भुक्तानी सेवा प्रदायक, नेपाल सरकार लगायत अन्य विभिन्न संघ संस्थाहरुले प्रयोग गर्ने च्यानलहरू संचालन गर्दै आएको छ ।  

गत आ.व.मा एनसीएचएलले कुल ४ करोड ४७ लाख भन्दा बढी भुक्तानी कारोबार फर्छ्यौट गरेको छ, जुन अघिल्लो आ.व.को तुलनामा ११७ प्रतिशतले बढी रहेको छ ।

त्यसैगरी एनसीएचएलले रकमको आधारमा १३ खर्ब रुपैयाँ, २०.९ करोड डलर, २४.९ करोड यूरो र जीबीपी २७.२ करोड बराबरको रकम आफ्ना विभिन्न भुक्तानी प्रणालीहरू मार्फत फर्छ्यौट गरेको जनाएको हो ।

उक्त आ.व.मा चेकको कारोबार २१ प्रतिशतले, एनसीएचएल आईपीएसमा ९४ प्रतिशतले र कनेक्ट आईपीएसमा ५६६ प्रतिशतले कारोबार बृद्धि भएको छ । यसरी तथ्याङ्क हेर्दा चेकबाट हुने कारोबारको बृद्धि स्थिर हुँदै गइरहेको छ भने डिजिटल भुक्तानी प्रणालीहरूको उपयोग भने उल्लेख्य रुपमा बृद्धि हुँदै गएको कम्पनीले जनाएको छ । 

Read More
  • MBL - below news