अनलाइनबाट एक वर्षमा ७० करोड ठगी, हनि ट्रयापदेखि फेसबुक ह्याकसम्म


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अनलाइनबाट एक वर्षमा ७० करोड ठगी, हनि ट्रयापदेखि फेसबुक ह्याकसम्म

काठमाडौं । भर्चुअल माध्यमबाट हुने ठगीमा भारी वृद्धि भएको छ । नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले प्रत्यक्ष भेठघाटबिना नै हुने यस्तो ठगी र उजुरीमा घटना उल्लेख्य रुपमा बढेको जनाएको छ । आर्थिक वर्ष २०७७/७८ मा मात्रै अनलाइनबाट करिब ७० करोड रुपैयाँ ठगी भएको प्रहरीले जनाएको छ । 

नेपाल प्रहरीमा आएको उजुरीका आधारमा महाशाखाले यस्तो तथ्यांक निकालेको हो । जसअनुसार २०७७ साउनदेखि २०७८ असारसम्म ७० करोड ४१ लाख ४३ हजार रुपैयाँ बराबरको ठगी भएको छ । यस्तो अभियोगमा महाशाखामा ४ सय ७० जनामाथि उजुरी परेको छ ।  

यसरी हुने ठगीमा चिठ्ठा परेको, सामान वा पार्सल पठाइदिने, मोबाइल पठाइदिने लगायतका प्रलोभन देखाउने गरिएको छ । कतिपयको भने फेसबुक आईडी ह्याक गर्ने, फेक आईडी बनाएर ठगी गर्ने, इसेवा लगायत भुक्तानी सेवा प्रदायकबाट ठगी  लगायतका कारण रहेको महाशाखाले जनाएको छ । 

नेपाल प्रहरीमा परेको उजुरीका आधारमा यस्तो कार्यमा महिला र पुरुष बराबर जस्तै संलग्न छन् । एक वर्षको अवधिमा सो आरोपमा २ सय ७ जना महिला र २ सय ६३ जना पुरुष पक्राउ परेको महाशाखाको तथ्यांक छ । 

Read More