ब्रोकरहरुले अझै किन ल्याउन सकेनन् नयाँ टीएमएस, के पर्यो समस्या ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ब्रोकरहरुले अझै किन ल्याउन सकेनन् नयाँ टीएमएस, के पर्यो समस्या ?

काठमाडौं : ब्रोकरहरुले साउन १ गतेदेखि आफ्नै टीएमएस सञ्चालनमा ल्याउने भने पनि निर्धारित समयमा त्यसले पूर्णता पाउन सकेन । नियामक निकाय नेपाल धितोपत्र बोर्डले विनियामवलीलाई समयमा नै स्वीकृत नगरिदँदा प्रक्रिया नै रोकिएको हो । नेपाल स्टक एक्सचेन्जले ब्रोकरका लागि टीएमएस सञ्चालन गर्न आवश्यक विनियामवली बनाएर स्वीकृतिका लागि धितोपत्र बोर्ड पठाएको थियो ।

धितोपत्र बोर्ड पठाएको करिब २ महिना बितिसक्दा पनि उक्त विनियामवलीले स्वीकृित नपाउँदा ब्रोकरले आफ्नै टीएमएस सञ्चालमा ल्याउने प्रक्रिया पछि धकेलिएको छ । धितोपत्र बोर्डले भने नेप्सेले बनाएको विनियामवली माथि छलफल गरेर यसमा थप अध्ययन गर्न समिति बनाइएको जानकारी दिएको छ । ‘

धितोपत्र बोर्डले ब्रोकरलाई अलग्गै टीएमएस सञ्चालन गर्न दिनका लागि आवश्यक विनियामवलीका बारेमा अध्ययन गरेको छ’ धितोपत्र बोर्डका प्रवक्ता निरज गिरिले भने । नेप्सेले बनाएको विनियमावलीका बारेमा एक चरणको छलफल बोर्डमा भइसकेको पनि उनले जनाएकारी दिए । साथै, अब केही समयमै उक्त विनियामवलीले अन्तिमरुप पाउने प्रवक्ता गिरीले बताए ।

Read More