साउन १४, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीवार एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।
नेप्सेले १० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. १ हजार १९८ दशमलव १८ तोकेको छ ।
कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बुधवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार ३१८ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।
कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बिहीवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
कम्पनीले आव २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।



