काठमाडौं : लक्ष्मी इक्विटी फन्डको लाभांश सुरक्षित गर्ने आज साउन १४ गते अन्तिम दिन हो । फन्डले कर सहित ३५% नगद लाभांश वितरण गर्न साउन १५ गते बुक क्लोज गर्दैछ । यसर्थ, बिहीबार साउन १४ गतेसम्म सेयर सुरक्षित गर्ने लगानीकर्ताले उक्त प्रस्तावित लाभांश पाउने छन् । लक्ष्मी इक्विटी फन्डले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट वितरण गर्न लागेको हो । यो फन्डको योजना व्यवस्थापकमा लक्ष्मी क्यापिटल रहेको छ । यसलाई लक्ष्मी बैंकले प्रवद्र्धन गरेको छ ।




