जीवन विकास लघुवित्तको आइपिओ सूचीकृत, कतिमा खुल्छ कारोबार?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
जीवन विकास लघुवित्तको आइपिओ सूचीकृत, कतिमा खुल्छ कारोबार?

जीवन विकास लघुवित्तको प्राथमिक सेयर (आइपिओ) दोस्रो बजार नेप्सेमा सूचीकृत भएको छ।

कुल ६० लाख ८४ हजार कित्ता आइपिओ बजारमा सूचीकृत भएको हो। नेप्सेले कम्पनीको पहिलो कारोबार मूल्य ३०५ रुपैयाँ २७ पैसादेखि ९१५ रुपैयाँ ८१ पैसासम्म तय गरेको छ। बीचकाे जुनसुकै मूल्यमा पहिलाे काराेबार हुन सक्नेछ। पहिलो काराेबारपछि त्यस दिन मूल्य अधिकतम १० प्रतिशतसम्म बढ्न सक्नेछ। 

कम्पनीले सर्वसाधारणलाई १९ लाख ७७ हजार ३ सय कित्ता साधारण सेयर बिक्री गरेको हो भने संस्थापक सेयर ४१ लाख ६ हजार ७ सय कित्ता छ। कम्पनीको सेयर भोलिबाट कारोबार खुल्नेछ। 

जीवन विकास लघुवित्त कम्पनीको वित्तीय स्थिति अरु लघुवित्तको तुलनामा मजबुत देखिएको छ। आव २०७६–७७ सम्म कम्पनीको प्रतिसेयर आम्दानी १०४ रुपैयाँ ९७ पैसा छ।

Read More
  • MBL - below news