लक्ष्मी उन्नती कोषको मूल्य समायोजन


  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लक्ष्मी उन्नती कोषको मूल्य समायोजन

साउन १३ गते, बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले लक्ष्मी उन्नती कोष को इकाईमूल्य समायोजन गरेको छ।

कोषले नगद लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले कोषको २५ प्रतिशत लाभांश समायोजन गरेको हो।

समायोजनपश्चात कोषको नयाँ इकाई मूल्य १२ रुपैयाँ ६२ पैसा कायम भएको छ। नेप्सेले साउन १२ गते, मंगलबारको अन्तिम मूल्यका आधारमा मूल्य समायोजन गरेको हो। मंगलबार कोषको इकाई प्रतिकित्ता १५ रुपैयाँ १२ पैसामा अन्तिम कारोबार भएको थियो।

बुधबार समायोजित मूल्यकै आधारमा कोषको इकाई कारोबार खुल्नेछ।

साउन १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले सो दरमा लाभांश प्राप्त गर्नेछन्।

Read More