सानिमा बैंकको बाउन्स चेक काट्ने शाेभा गुरुङ कुपण्डाेलबाट पक्राउ, १४ दिन कैद र १३ लाख ७० हजार रुपैयाँ जरिवाना


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा बैंकको बाउन्स चेक काट्ने शाेभा गुरुङ कुपण्डाेलबाट पक्राउ, १४ दिन कैद र १३ लाख ७० हजार रुपैयाँ जरिवाना

ललितपुर । बैंकिङ कसूरको मुद्दामा फरार रहेकी प्रतिवादी शाेभा गुरुङ पक्राउ परेकी छिन् । प्रहरीले ४५ वर्षिया उनलाई सोमबार कुपण्डाेलमा ३ महिनापछि लुकिछिपी रहेको अवस्थामा पक्राउ गरेको हो  ।

उच्च अदालत पाटनको २०७७ चैत ३० गतेको फैसलाले उक्त मुद्दामा १४ दिन कैद र १३ लाख ७० हजार रूपैयाँ जरिवाना ठहर भएकोमा उक्त सजाय बेरुजू रही गुरुङ फरार हुँदै आएकी थिइन् ।

गुरुङले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी सानिमा बैंकको चेक दिएर बैंकिङ कसूरजन्य अपराध गरेको ठहर उच्च अदालत पाटनले गरेको थियो ।

Read More
  • MBL - below news