साउन ११, काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ ।
कम्पनीले रू. ६० लाख बराबरको ६० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो । कम्पनीले उक्त आईपीओ निष्कासन गर्नका लागि निष्कासन तथा विक्री प्रबन्धकमा बीओके क्यापिटललाई नियुक्त गरिसकेको छ । त्यसैगरी कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूूर्ण कार्य गर्ने जिम्मा पनि बीओके क्यापिटलले नै पाएको छ ।
अव कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव गत असार ३१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ करोड ४० लाख रहेको छ । रू. ६० लाख बराबरको आईपीओ निष्कासन पछि कम्पनीको पूँजी रू. २ करोड पुग्ने छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीले रू. १५ लाख ८२ हजार नाफा कमाएको छ ।




