प्रभु क्यापिटलको समर डिम्याट योजनाः निःशुल्क खाता र मेरो शेयरको सुविधा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
प्रभु क्यापिटलको समर डिम्याट योजनाः निःशुल्क खाता र मेरो शेयरको सुविधा

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले नयाँ डिम्याट योजना समर डिम्याट योजना संचालनमा ल्याएको छ । क्यापिटलले डिम्याट सेवामा फरक ढंगबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्ने उद्देश्यले यस योजना सर्वाजनिक गरेको हो ।

यस योजना क्याप्टिलले आज श्रावण १० गतेबाट सञ्चालनमा ल्याएको हो । यस योजना अन्तरगत ग्राहकले १ वर्षका लागि निः शुल्क डिम्याट खाता र मेरो शेयर प्राप्त गर्न सक्नेछन् । यस योजना २०७८ श्रावण ३२ गते सम्म सञ्चालन हुने क्यापिटलले जानकारी दिएको छ ।

साथै यस योजना अन्तर्गत प्रभु क्यापिटलमा पहिलै डिम्याट खाता हुने तथा नयाँ डिम्याट खाता खोलेका एवं खाता खोल्नलाई अनलाइनको माध्यमबाट आवेदन गरेका ग्राहकहरुले अरु १० जनालाई यस योजनामा रिफर गरी नयाँ डिम्याट खाता खोलाएमा थप १ वर्षको लागि डिम्याट खाता र मेरो शेयर निःशुल्क प्राप्त गर्नेछन् । 

Read More
  • MBL - below news