चौंथो त्रैमासमा मानुषी लघुवित्त वित्तीय संस्थाको नाफामा भारी गिरावट, रिजर्भ कोषमा २ करोड ६५ लाख रुपैयाँ (विवरणसहित)


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
चौंथो त्रैमासमा मानुषी लघुवित्त वित्तीय संस्थाको नाफामा भारी गिरावट, रिजर्भ कोषमा २ करोड ६५ लाख रुपैयाँ (विवरणसहित)

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको नाफा घटेको छ । कम्पनीको यो नाफा अघिल्लो वर्षको तुलनामा ९६.०४% थोरै हो । अघिल्लो वर्ष १ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको यो कम्पनीले चौंथो त्रैमासमा ४ लाख ७९ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ ।

यस्तै कम्पनी सञ्चालन घाटामा गएपछि नाफा असर परेको हो । यस अवधिमा आउँदा कम्पनीको खराब कर्जा १.६३% बाट बढेर ३% कायम भएको छ । हाल कम्पनीको चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा २ करोड ६५ लाख रुपैयाँ छ ।

मानुषीले खुद ब्याज आम्दानी ५ करोड ८३ लाख रुपैयाँबाट बढाएर ७ करोड २८ लाख रुपैयाँमा पुर्याएको छ । कम्पनीले यो त्रैमाससम्म ५५ करोड २३ लाख रुपैयाँ निक्षेप संकलन गरी ७९ करोड ३७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

Read More