नेपाल लाईफका मालामाल लगानीकर्ताः १०० कित्ता सेयर किनेको १० वर्षमा ३५.६० लाख मूल्य !


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल लाईफका मालामाल लगानीकर्ताः १०० कित्ता सेयर किनेको १० वर्षमा ३५.६० लाख मूल्य !

नेपाल लाईफ इन्स्योरेन्स कम्पनी नेपालको सेयर बजारका ब्लुचिप कम्पनीमध्यमा पर्ने कम्पनी हो । यसले विगत देखिनै आफ्ना लगानीकर्ताहरुलाई मनग्य लाभांश वितरण गर्दै आईरहेको देखिन्छ । कम्पनी प्रचलित कम्पनी ऐन तथा बीमा ऐन २०४९ अन्तर्गत पब्लिक लिमिटेड कम्पनीका रुपमा बि.स २०५८ साल बैशाख महिनामा स्थापना भएको हो ।

कम्पनीले जर्मनी स्थित विश्वको ख्यातीप्राप्त, पुर्नबीमा कम्पनी ह्यानओभर रि–इन्स्योरेन्स कम्पनीसँग पुर्नबीमा गरेको छ । कम्पनीले आम जनताको सुरक्षा र सम्बृद्धिको चाहनालाई ध्यानमा राख्दै फरक फरक बीमा योजनाहरु कार्यान्वयनमा ल्याएको छ । यस क्षेत्रमा आफ्नो  विशिष्ठ पहिचान स्थापना गर्न कम्पनीले नेपाल लाइफ किनकि जीवन अमूल्य छ... भन्ने ब्राण्डलाई सशक्त बनाउँदै आएको छ । 

कम्पनीको २०२० को तथ्याङ्क अनुसार कम्पनीले आर्थिक बर्ष २०७५/७६ को बोनश समाबेश नगर्दै कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई ५ अर्ब १६ करोड रुपैयाँ बराबरको बोनश सेयर र २ अर्ब ४५ करोड रुपैयाँ बराबरको नगद लाभांश गरी कुल ७ अर्ब ६१ करोड रुपैयाँ बराबरको लाभांश वितरण गरिसकेको छ ।

Read More
  • MBL - below news