ज्योति विकास बैंकको वार्षिकोत्सव : ‘न्यानो नानी’ परियोजनालाई सहयोग, विभिन्न योजना सार्वजनिक


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ज्योति विकास बैंकको वार्षिकोत्सव : ‘न्यानो नानी’ परियोजनालाई सहयोग, विभिन्न योजना सार्वजनिक

काठमाडौँ / ज्योति विकास बैंकले श्रावण ९ गते शनिबारको दिन स्थापनाको १३औं वार्षिकोत्सव मनाएको छ । हालको कोभिड महामारीको स्थितिलाई मध्यनजर गर्दै बैंकले सञ्चालक समितिका सदस्य, भुतपूर्व सञ्चालकहरू र कर्मचारीको उपस्थितिमा कमलपोखरीस्थित कार्यालय प्राङ्गणमा वार्षिकोत्सव मनाएको हो । 

बैंकका सञ्चालक समितिका अध्यक्ष हरि प्रसादले समारोहको अध्यक्षता गरेका थिए । साथै, कार्यक्रममा रूपमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन, बैंकका संस्थापक अध्यक्ष तथा शेयर ध्रुव उप्रेती र संस्थापक शेयरधनी तथा भुतपूर्व अध्यक्ष ध्रुव कुमार भट्टराईको उपस्थिति रहेको थियो ।

वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रम समेत आयोजना  गरेको छ । सोही समारोहमा ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत राष्ट्रिय आविष्कार केन्द्रलाई सो केन्द्रको ‘न्यानो नानी’ परियोजना–२ को लागि सहयोग प्रदान गरेको छ । 

Read More