साउन ९, काठमाडौं । धितोपत्र दोस्रो बजारमा कुल बजार पूँजीकरणमा सर्वाधिक हिस्सा नबिल बैंकले कायम गरेको छ । साउन ७ गते बिहीवार नेपाल दूरसञ्चार कम्पनीलाई पछि पार्दै नबिल बैंकले कुल बजार पूँजीकरणमा सर्वाधिक हिस्सा कायम गरेको हो ।
बिहीवार नबिल बैंकको रू. १ खर्ब ९६ अर्ब ६७ करोड ५५ लाख ११ हजार बराबरको बजार पूूँजीकरण कायम भएको छ । बिहीवार नबिल बैंकको अन्तिम शेयरमूल्य प्रतिकित्ता रू. ५ ले बढेर रू. १ हजार ४५९ पुगेको हो ।
गत साताको अन्तिम कारोबार दिन रू. १ हजार ३५९ अन्तिम मूल्य रहेको बैंकको कुल बजार पूँजीकरण भने रू. १ खर्ब ८३ अर्ब १९ करोड ५३ लाख ५२ हजार रहेको थियो ।
गत साताभन्दा यो साता बैंकको अन्तिम शेयरमूल्य प्रतिकित्ता रू. १०० ले बढेको छ । दोस्रो बजारमा हाल नबिल बैंकको १३ करोड ४८ लाख १ हजार ५८४ कित्ता शेयर सूचीकृत रहेको छ ।




