एनसेलको नाममा ‘२५ लाखको लट्री’ धन्दा, कतै तपाईं त ठगिनु भएन ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एनसेलको नाममा ‘२५ लाखको लट्री’ धन्दा, कतै तपाईं त ठगिनु भएन ?

काठमाडौं । पछिल्लो समयमा ह्वाट्सएप, भाइबरजस्ता सामाजिक सञ्जालका प्रयोगकर्तालाई २५ लाखकाे लट्री परेको भन्दै फोन र म्यासेज आउने गरेका छन् । हालै एनसेल आजियाटाले सञ्चालन गरेको लक्की ड्रमा २५ लाख जितेको भन्दै सामाजिक प्रयोगकर्तालाई फोन गरी प्रलोभनमा पार्ने गतिविधि भएको पाइएको छ ।

फेक कल र म्यासेज आउन थालेपछि ग्राहकहरुले एनसेललाई गुनासो टिपाएका छन् । यस्ता कलमा दाबी गरिएको जस्तो कुनै पनि लट्री वा पुरस्कार योजना सञ्चालन नगरेको भन्दै गलत र भ्रामक सन्देश वा कलबाट सतर्क रहन एनसेलले आग्रह गरेको छ ।

Read More