एशियन लाइफ इन्स्योरेन्सको साउन ३१ गते साधारणसभा : १७ गते बुक क्लोज हुने, केके छन् प्रस्तावहरू


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एशियन लाइफ इन्स्योरेन्सको साउन ३१ गते साधारणसभा : १७ गते बुक क्लोज हुने, केके छन् प्रस्तावहरू

काठमाडौँ / एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बार्षिक साधारण सभा साउन ३१ गते शुक्रबार बस्ने भएको छ । कम्पनीको यही असार ७ गते बसेको सञ्चालन समितिको १६३औं बैठकले कम्पनीको १२ औँ वार्षिक साधाण सभाको मिति तय गरेको हो । 

साधारण सभा प्रयोजनका लागि कम्पनीको यही साउन १७ गते एक दिनका लागि शेयर दाखिल खारेज (बुक क्लोज) गर्ने भएको छ । सभाले सामान्य प्रस्तावहरूअन्तर्गत सञ्चालक समितिका अध्यक्षद्वारा प्रस्तुत आर्थिक बर्ष २०७५/०७६ को वार्षिक प्रस्तावहरूमा छलफल गरी पारित गर्नेछ भने लेखा परीक्षाको प्रतिवेदनसहितको आर्थिको बर्ष २०७५/०७६ असार मसान्तसम्मको वासलात, नाफा/नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहो विवरण र सो सम्बन्धि संलग्न अनुसूचिहरूमाथि छलफल गरी पारित गर्नेछ । 

त्यस्तै, संस्थापक शेयरधनी (समूह क)को तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने सञ्चालक पद–४ र सर्वसाधारण शेयरधनी (समूह ख)को तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने सञ्चालक पद २ को निर्वाचन गर्ने र १ जना स्वतन्त्र विज्ञ सञ्चालक मनोनित गर्ने विषयमा पनि छलफल गर्नेछ ।

Read More
  • MBL - below news