काठमाडौं । नेपालमा आयात हुने इन्टरनेसनल व्यान्डविथको मूल्य चर्को भइरहेको बेला त्यसलाई घटाउन नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै ‘सवमारित ल्याण्डिङ स्टेसन’ बनाउने भएको छ ।
उक्त ल्यान्डिङ स्टेसन निर्माण भएपछि नेपालका इन्टरनेसनल व्यान्डविथ आयातकर्ताहरुले समुन्द्र सतहबाट सिधै व्यान्डविथ ल्याउने छन् । समुन्द्र सतहबाट सिधै व्यान्डविथ ल्याउन सकेमा आयात मूल्य अहिलेको तुलनमा आधाभन्दा धेरै घट्ने छ ।
प्राधिकरणले उक्त ‘सममारिन ल्याण्डिङ स्टेसन’ बनाउन भनेर चालु आर्थिक वर्षको कार्यक्रममा समावेश गरेको छ । प्राधिकरणले उक्त स्टेसन निर्माणको लागि ३० करोड रुपैया विनियोजन गरेको छ । उक्त स्टेसन निर्माण भएपछि इन्टरनेट आयात सर्वसुलभ हुने प्राधिकरणको विश्वास छ ।
प्राधिकरणका उप निर्देशक अच्युतानन्द मिश्रले इन्टरनेसनल आयातमा भएको महंगो मूल्यलाई घटाउन उक्त स्टेसन बनाउन लागिएको बताए । ‘अहिलेसम्म नेपालको आफ्नै ल्यान्डिङ स्टेसन छैन्,’ मिश्रले भने, ‘त्यसैले हामीले समुन्द्र सतहमै उक्त स्टेसन निर्माण गर्न लागेको हौं ।’





