साउन ७, काठमाडौं । कामना सेवा विकास बैंकले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेको छ ।
कम्पनीले आकर्षक मुनाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । लगानीकर्ताले अब कम्पनीले कति लाभांश देला त भने बारेमा आकलन पनि गर्न गर्न थालेका छन् ।
गत आवको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले रू. ७० करोड २ लाख नाफा कमाएको छ । अघिल्लो आवको तुलनामा नाफा ५ दशमलव ८ गुणा बढी हो । कम्पनीले अघिल्लो आवको तेस्रो त्रैमासमा रू. ११ करोड ९७ लाख नाफा कमाएको थियो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो ।
गत आवमा कम्पनीको वितरणयोग्य नाफा रू. ४३ करोड ४५ लाख २१ हजार रहेको छ । एनएफआर एस प्रणाली अनुसार कम्पनीले आर्जन गरेको खुद नाफाबाट विभिन्न शिर्षकमा छुट्याए पछिको नाफानै वितरणयोग्य नाफा हो । यही नाफाबाट कम्पनीले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्दछ ।








