राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको वार्षिकोत्सव


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको वार्षिकोत्सव

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३२औं वार्षिकोत्सव सम्पन्न भएको छ। ३२औं वर्षिकोत्सवको अवसरमा संघका कार्यबाहक अध्यक्ष रामप्रसाद जोशीले वृक्षरोपण तथा संघको झण्डोत्तलन गरेका छन्।

उक्त अवसरमा आयोजित रक्तदान कार्यक्रममा कार्यबाहक अध्यक्ष जोशीेले रक्तदानको ब्लड ब्याग बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । त्यसपश्चात प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले विभागीय प्रमुख विनयरमण पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरेर सुरु गरिएको रक्तदान कार्यक्तममा ६७ जना बैंक कर्मचारीले रक्तदान गरेका छन्। वार्षिकोत्सवको अवसरमा संघले मामाघर नेपाल मकवानपुरलाई आर्थिक सहयोग गर्ने भएको छ । वर्षिकोत्सवका विविध कार्यक्रम संघका विभिन्न क्षेत्रीय समितिमा समेत सञ्चालन गरिएको थियो।  

बैंक कर्मचारी संघ नेपाल २०४७ साल साउन ६ गते स्थापना भएको बैंकभित्रको सबैभन्दा जेठो ट्रेड युनियन हो। संघले पेसागत हकहित तथा संस्थाको सम्बद्र्धनका विषयमा जोडदार आवाज उठाउँदै आइरहेको छ।

Read More
  • MBL - below news